Noetic Gnosis· चेतनादृष्टि
Punya Punya

About · परिचय

Punya Punya

पुण्य पुण्य

माङमागीको सुस्केरासँगै अन्तर्मनमा छहारी लगाएको एउटा अनुभव, त्रिशूले र बेतेबीचका ती लाखौँ मौसमी सुस्केरासँग पञ्चमीको अनवरत माया हुँदै औँसेलु, आँप, अम्बक, भलायो, रिठ्ठा, अँगेरीले दिएका अविस्मरणीय स्वादको मोहमा रमाएका ती अनुभव, कतै धान, मकै, कोदो, गहुँ, आलुका रहरहरूलाई सम्हालेर भैँसी, गाई, गोरु, बाख्रा, परेवा, कुखुराहरूका मायाभावसँगै भकारोको सुगन्धमा आत्मीयता साटेझैँ अर्म–पर्मका सम्बन्धका कामहरू आधुनिक मानसिक र शारीरिक स्वास्थ्यजस्तै गरी हलो, कोदालो, खेतीपाती, हलो जोताइ, आली लगाइ, आली कटाइ, मल बोकाइ, कमै भचाँई, पराल बोकाइ, धान ककाइ, बिटा लगाइका योग र शारीरिक व्यायामसँग पौठेजोरी खेलेर आज बनेको म अमेरिकाको टेक्सासको डलासले मलाई न भाव बुझ्छ, न अनुभव नै गर्छ। म ताक्छु मुडो, ऊ ताक्छ घुँडो। आशा र निराशा, संवेग र उत्साह, कौतूहलता र पीर, डर र उद्देश्यसँगै उडेका ती सपनाका रहरहरू, नेपाली आकाशसँगै छोडिएका कयौँ वर्षका याद, सम्बन्ध, लगानी र प्रेम अन्तस्करणमा ङ्वाङ ठोकिएको त्यो दिनबाट वासिङटन डी.सी., मेरिल्यान्ड, भर्जिनिया, त्यसमा पनि सिल्भर स्प्रिङ र पी.जी. काउन्टीका सडकहरूमा घुमिलित भए। भीमकाय ज्वारभाटामा शून्यता छाएका ती पलहरू न सुरुवात थिए, न अन्त नै हो भन्ने लाग्थ्यो। पुस–माघतिर हुँदो हो, सूर्यले पृथ्वीको त्यो भागतिर घुम्दै आउनै लाग्दा, गाउँभरका कुखुराका भालेले बिहान भएको संकेत गर्नु भन्दा केही बेर पहिले एउटा अनौठो स्वर, भिन्न दिमाग र मन भएको चेतनाले च्यार्रे–च्यार्रे गर्दै पृथ्वी मानिएको विश्वको एउटा अंशमा पाटो फेर्यो। केही समयका लागि सवार एउटा स्वरूप लिएर, चेतनाको सवारी गर्न प्राप्त शरीरलाई अब उसले लिएर हिँड्नु छ।

The pictures are from ordinary walks, and the films are short on purpose. Nothing here is in a hurry — read one poem, look at one picture, come back when the mood strikes.

“जसलाई भिड चाहिदैन उसले मात्र सत्य बोलि रहन्छ । सत्य बोल्ने सँग कहिले कहि न साथि हुन्छन, न परिवार नै हुन्छ, भिड त हुने कुरै भएन । सच्चा भएर एक्लै हिड्नुको मज्जा नै अर्कै हुन्छ”