Noetic Gnosis· चेतनादृष्टि

कविता — Poems

Poems

Verses worth keeping

Verses and lines from the hills, written down as they come. Open any one to read it whole.

21 poems

·1 min read

रोएर पनि आँसु नआउँदा

रोएर आँसु झार्न पर्दा, दुःखी भए भन्छन् मान्छे। रोएर पनि आँसु नआउँदा, दुःखको अर्कै महासागरमा हुन्छ मान्छे। सुखमा हाँस्न नपाउँदा, अभागी ठान्छ मान्छे। हाँस्न पाउँदा पनि नसक्दा, बेहोसी नै बन्छ मान्छे। मानव जीवन भएर मान्छे, जिउन नपाउँदा टोहोरिन्छ मान्छे। सर्वपरि भएर पनि, feel गर्न नसक्दा…

·1 min read

तिमी ‘कफि’ र ‘म’

तिमी कफि र म आज फेरि भेट भयो तिमीलाई मौसम चिसो भएको मनै पर्दैन। मलाई बहाना चाहिएको पत्तै हुँदैन। तिमीलाई त सधैँ खडेरी परे हुन्थियो लाग्ला तर त्यस्तो हुँदैन मलाई मौसम बादलु भैरहे लाग्ने तर त्यस्तो नि हुँदैन। तिमीलाई भेट्न बहाना नबनाए नि हुने हो…

·1 min read

म र सत्य

एउटा सानो घनचक्करमा हराइरहेको पंक्षी भिडभाडको कोलाहलबाट छुट्टै, अलग सत्यको खोजिमा चिच्याहट फगत असत्य न हो! भिडमा सत्य भेटिदैन सार कहाँ हो कहाँ टाढा हुन्छ रूप अर्कै देखाइँदै रहन्छ मान्छे, सत्य त्यही हो भन्छ वास्तविकता बुझ्न त डुब्नु पर्छ! सिर्जना भिडमा जन्मिदैन नयाँ सत्य, स्वार्थको…

·1 min read

तिमी, तिमी बन

तिमी मझेरिमा मस्को झरो भन म मझेरिकै वासिन्दा हुँ! खरानी लतपतिएको सुनको मस्को थियो तिमी त्यसलाई जुठो भन! झलमल जुनेली रातमा टल्किएको सितले लपक्कै भएको बेलौतिको पात तिमी त्यसलाई हिरा भन घामको रापले पग्लिएपछि म यसलाई झरेको पात नै भन्छु। लहलह कोदो झुमेको बेला मुसाहरूले…

·1 min read

राजनीतिको अत्तर!

तिमी आगो भन्थियौ बिचरा फिलुङ्गो पानीले निथ्रुक्कै पारेछ नयाँ सुगन्धको गुलाफको फूल मानिथियो बिचरा घुम्दै फिर्दै रुम्झेटार भएछ। अब नबोल राजनीतिलाई सुध वासना वा दुर्गन्ध के पाउँछौ बनाऊँ त्यसलाई अत्तर!

·1 min read

निर्दोष शब्दहरू

अक्षरहरूको मिसावटबाट शब्दहरू बनाएपछि परिभाषाको नाममा व्याख्या त हुन्छ होला शब्दहरू त भौतिक हुन् बिचरा जे भन्न लगायो त्यही बोल्छन्। निर्दोष शब्दहरूलाई घात किन? तिनीहरू त बिचरा दासी न हुन् अक्षरहरूबाट मिठा शब्द सिर्जित किन? अमिला, अरिमठ्ठे शब्द प्रहार भए पनि मन गुलियो र रसिलो…

·1 min read

मसि र कलम

मैले उसलाई औलाका टुप्पाले समाएर लेखिएका कलमका बिम्बहरूले उठाएँ उसैले मेरा औला काटिएको देखेर हाँस्यो रगतले नदी बोलाइरहँदा फोहोर नदी रहेछ भनेर गए! तिमी सुस्ताइरहँदा वासुरी बनेर लय बनेकै हो मेरै वासुरी झिरिम्म फुट्दा बाँसको कप्टेरो न हो फुटिहाल्छ भनेर गए! धुवाँ फुस्स बनेर भौतारिरहँदा…

·1 min read

अतीतको सम्झनामा

म नभएकै बेस रापिलो घाममा नसेकिएकै बेस डुब, चाहिनेभन्दा बढी नै डुब अतीतको सम्झनामा नडुबेकै बेस!

·1 min read

किन बोल्नु एउटै

किन बोल्ने पो हो र शब्द एउटै बोल्नु परेपछि एउटै शब्दका परिपरि अर्थ लगाउनु परेपछि बोल्नुको त विशेष अर्थ र उत्तर हुन्छ अर्थ र उत्तरविहीनका लागि बोल्नु परेपछि

·1 min read

अनि उ मर्‍यौ

तिमी जन्मियौ, त्यहाँ केही खास छैन उही अरुले जे गर्‍यो त्यही गर्‍यौ पढ्न स्कुल गयौ, जागिर खायौ विहे गर्‍यौ, व्यापार गर्‍यौ, पैसा कमायौ घर बनायौ, बच्चा जन्मायौ बच्चा हुकार्यो, घुमफिर गर्‍यौ अनि मर्‍यौ! के चैँ अरु भन्दा फरक गर्‍यौ? होला अरु भन्दा राम्रो जागिर गर्‍यौ…

·1 min read

जवानी नभएको मान्छे

जवानी नभएको मान्छे पक्कै बुढेसकाल पनि हुँदैन होला बच्चा अनि पौढ मात्र हुनेरहेछ मानिसका चार अवस्था कसै–कसैका लागि मात्र हुनेरहेछ। दिन र रात सबैका लागि भए पनि निन्द्रा सबैका लागि हुने रहेनछ स्वरूप मान्छेको हुँदैमा जिन्दगी मान्छेकै कहाँ हुने रहेछ र?

·1 min read

अमान्छेबाट जन्मिएका हरू

मान्छेले मान्छे बन्न लगाएका शर्तहरू म चुपचाप मानिरहेछु समयसँगै मान्छे बन्ने शर्त फेरिरहेछ आज, हिजोकालाई मान्छे मान्दैनन् त्यही अमान्छेबाट जन्मिएका हरू ऊ आज मानव सम्झिरहेछ।

·2 min read

बिम्बरहित स्वर्ग

लामो उत्साहपछि उसले झोला बोक्यो मस्तिष्कमा एउटा धमिलो बिम्ब छ त्यो उसले सुनेर बनाएको बिम्ब हो। त्यस्तो–उस्तो हुन्छ अरे स्वर्ग भनेको त्यही पनि भन्छन्। भनेको स्वर्गको यात्रामा अन्धकारको छाया पछ्याउँदै उसले सुटकेस डोर्यायो अनि लाग्यो! मनमा अब न उत्साह छ न अन्धकारको छाया ऊ मात्र…

·1 min read

कविता लेख्न मनै छैन

मलाई कविता लेख्न मनै छैन कवितामा भावना, दुःख र रमाइलो पोख्न त झन् मनै छैन कवितालाई इतिहास बनाऊँ राजनीतिको दस्तावेज बनाऊँ र कवितालाई बन्दुक बनाऊँ कवितालाई बारुदको गोली मान शब्दका सिर्जना होइन।

·1 min read

न रहर, न इच्छा

संवेदनशीलताका संवेदनाहरू बादलमा उडिरहँदा भावनाका छहरेहरू भेल बनेर ती पहाडका चुचुराहरूमा लाजका प्वाँखहरू, वसन्तको हरियालीमा तोरीको फूलझैँ लहलह भएको त्यो विषाद पल ! सन्तहरूको नाराबाजीमा हराइएको त्यो क्षण वर्षामा पानीको कलकलसँग, विष घोलिएका अमृतका कणसरह मानिस बनेर, मानवजस्तै रुजिरहँदा सम्हालिएर वर्षिरहन्छन् ती रहर र बाध्यताका…

·1 min read

मनमा घर बन्ने भए

मनमा घर बन्ने भए विचारमा सुन्दरता देखिने भए आज किन मान्छे भौतिकवादी बन्थियो ? काम मात्र गर्दा मान्छे धनि हुने भए घर मात्र भएर ओत छलिने भए आज मान्छे मात्र किन मनोरोगि बन्थियो होला र ? संसारमा, मान्छे मात्र त्यो हो ऊ बुदिमान छ ।…

·1 min read

ऊ चमेलि भनेर? फुत्त निस्कियो

ऊ चमेलि भनेर? फुत्त निस्कियो म नरुझेको साँझ, रुझ्छु भनेर नदेखेको छितिज, देख्छु भनेर मैले नचाहेको मन , खोज्छु भनेर ! नचाहेको मन ? म शब्द सँग घोत्लिरहे ऊ सारा संसार घुमेर आएछ यी मैले कर्म बोकेर ल्याए मेरो मनको लास, उपहार तिमिलाई मेरो मनको…

·1 min read

शब्द

तिमि आउँ र व्याख्या गरिदेऊ नसोचिएका मनोदशा भनिदेऊ दिमागका केशरीहरुमा डुलिरहने मनको भावजलमा पौडिरहने कुन बेला जन्मन मन हुन्छ तिमिलाई जन्मिए पछि तरङ्ग ल्याइदिने । तिमि त प्रिय छौ नै त्यस्तै तिम्रो उदण्डता आउँ तिमि र म संसार डुलौ विचारहरु लाई कब्जा गरौ अनि ,…

·1 min read

मुस्काएको गोधुलि साँझमा

मुस्काएको गोधुलि साँझमा तिमि अनि म बरालिएका भावनाका सिरेटाहरुलाई बोक्दै, पछारदै बुनिएको त्यो रात सम्झनामा सयौ जुनि काटोस । तिमि आयौं,छितिज रसायो नझुलिकिएको सुर्यले ताप वर्सायो मधुर साँझमा सुन्यता बनायो न थियो त लिनु वा दिनु सम्झनाका कोपिला गुथेको साँझमा l म त आए तर…

·1 min read

सितल छहारी खोज्दै,भौतारिएका नेपाली मनहरु

सितल छहारी खोज्दै,भौतारिएका नेपाली मनहरु आफ्नो पन अनि नेपाली भाषामा भोकाएका ति नयनहरु छितिजबाट फुलुक्क चिहाएका हाम्रा चाहानाहरुले आज डालसमा पानि भेटाएको छ विम्वको ति काठे लवज र आफ्नै खिठकाहरुले पौडी खेल्न पाएको आजको दिन नेपाली मनहरुको गर्व गर्ने लाएक दिन बन्नेछ ।

·1 min read

म भित्र म नै नहुदाँ

म भित्र म नै नहुदाँ त म छु सपना भित्र, सपना नै नहुदाँ पनि म छु । आँखामा भरोसा नहुदाँ पनि म छु मनमा शान्ति नभए पनि म हुन्छु । हुनु र नहुनु एउटै हुदाँ पनि म नै छु । म के हो थाहाँ नहुदै…