अमेरिकि राजनितिको हाम्रो बुझाई
तपाई आफ्ना छोरा वा छोरी लाई निर्धक्क भएर बाबु वा नानि तिमि डोनाल्ड ट्रम जस्तो हुनु है वा तिमि कमला ह्रारिस जस्तो हुनु भन्न सक्ने प्रतिशत जसमा वढी पाउनु हुन्छ त्यसैलाई भोट दिनु स्वा स्विकार्य प्रणाली हो वा सामान्य मानविय गुण हो । हामि वा हामि जस्तो देखिने अमेरिका वा विश्व लाई निर्देशित गर्ने सेतो घरको ओभल अफिसमा गए पछि त नेपाल वा जहाँ बाट आएका हौ त्यहि गए भै गो नि त भन्ने वा हामि सेतो देखिने वाट मात्र शासित हुनु पर्छ भन्ने हो भने त्यसको औषधि आफ्नो आफै अपमानित वा कमजोर र हाम्रै क्षमताको विनाश मात्र हो । हामिले हाम्रो विवेकलाई भन्नु पर्यो र स्विकार्नु पर्यो कि हामि पनि समान मानब र समान अमेरिकि जनता हौ ।
अमेरिकाको मानव इतिहास एक प्रकारले हेर्ने हो भने दास प्रणाली बाट विजारोपण भएको सत्य हो । अमेरिकि प्रणालीमा नदेखिने माध्यमबाट अझ पनि त्यो हिडन भ्रुण छ तर देखिने र खुल्लम खुल्ला दासत्व समाप्त छ । यस्तो वातावरणमा आफुलाई केहि न केहि रुपको दास सम्झने हो भने अरु विषयमा वहस गर्नु वेकार छ । त्यसको मतलब हामि र हाम्रा बच्चा पनि कसैबाट शासित मात्र भएको हेर्ने हो? कि हेर नानि वा बाबु कमला ह्यारिस कि आमा भारतवाट र बुबा जमैका बाट हामि जस्तै आएर राष्ट्रपति भइन । ल है यो देशले छाला, वर्ण , वा तिमि वा तिम्रो पुस्ता कहाँ बाट आएको नहेरेर तिम्रो क्षमता लाई हेर्छ । के थाहा तिमि पनि भोलि कर्म गर्दै जाँदा त्याहाँ पुग्ने सम्भावना चै छ है भनेर भन्ने वा नभन्ने? त्यो तपाईको एक भोटले निर्धारण गर्ने विषय हो । भ्यालु सेयरमा आफुलाई नखोज्ने र आफ्ना सम्भावना लाई त्यसको आधार नबनाउने हो भने हामि अमेरिकामा भए पनि मानसिक रुपमा तेस्रो मुलुककै जनता भएर बाँच्ने छौ । राजनितिक विश्लेषण र राजनितिक शिक्षाको सामान्य आधार त्यही हो ।
मैले लेखेको स्एउटा लेखमा आएको कमेन्टले मलाई अझ झस्काएको छ । " हामि अमेरिका आएको राजनिति गर्ने हैन चेतना भयाः " यसले हाम्रो मानसिक्ता झन प्रष्ट भएको छ । राजनिति गर्नु अपराध हैन र कानुनले हामिलाई वञ्चित पनि गरेको छैन । यसको अर्थ हामि याहाँ काम गर्ने र गराउन ल्याइएको वा आएका तोस्रो दर्जाका मानिस हौ । याहाँ अमेरिकि सरकार, उसका पोलेसि लगाएतका विषयमा बहस, छलफल, आलोचना र सहभागिता हाम्रो विषय हैन । हामि मात्र डलर कमाउने र ट्याक्स बुझाउने हौ । यो विकराल मनोरोग हो । हामि कति आफै दास मानसिक्तामा अमेरिका आएर बाँचेका छौ भन्ने प्रष्ट देखाउछ । न याहाँ यो विषय कसैले भनेको छ वा अमेरिकि समाजले कुनै दिन भनेको छ वा कानुनले नै त्यो भन्छ । हामि र हाम्रो समाजलाई यो विकराल रोग बाट बचाउनु आजको आवश्यकता हो । कि हामि दासि मानसिक्ता बाटै गुज्रिने ?
अमेरिकि समाज यो बेला चुनाबमय भएको छ । हाम्रो नेपाली समाज पनि अमेरिकि राजनिति लाई बुझ्न कोसिस गर्दैछ । डिवेट हामि प्रायः सबैले हेरौं र केहि व्यक्तिहरु हामि काम मात्र गर्न हैन यी विषयमा बुझ्नु पर्छ भन्ने मानसिक्ता विकास भएको छ । राजनिति विचारको भिन्नता हो । हामि पनि कोहि कमला ह्यारिस त कोही डोनान्ड ट्रमलाई भोट गर्ने मानसिक्तामा छौ । सबै सँग आ - आफ्नै आधार छन । केहि आधार नेपाल वाटै लिएर आएका छौं । केहि आधार हाम्रा नेपाली पाराकै छन । हिजो नेपालको राजनैतिक धरातलका आधारमा पनि याहाँ पार्टि निर्धारण गर्ने चलन छ । केहि आधार व्यक्तिगत फाइदाका पनि छन । ट्रम्पले जितेमा stock बढ्छ र पैसा कमाउँन पाइन्छ । हामि कार्यकर्ता भएर वा त्यो प्रयोग देखेर आएका हरुलाई त्यहि बानि पनि छ कि याहाँ कसैले लहै लहैमा, कसैले आफ्नो साथि भाई त्यहि पार्टिमा अलिक वढि लचक भएर वा कोहि आफुलाई मन नपर्ने हाम्रै समाजको व्यक्ति एउटा पार्टिको समर्थक भयो भनेर वा हिजो नेपालमा राजावादी र कंग्रेस रिपब्लिकन र कम्न्युष्ट हरु डेमोक्रयाट । यो भन्दा राजनैतिक अन्ध विश्वास अरु हुनै सक्दैन । किनकी रिपब्लिकन वा डेमेक्यार्टिक पार्टी शैदान्तिक रुपले पुंजिवादी नै हुन । मात्र ४ - ५ वटा पोलेसिमा मात्र यिनिहरुको भिन्नता छ र अर्को मनन योग्य विषय हामि नेपाली लोजिक, ज्ञान, सुचना, तथ्यका आधारमा आफ्नो धारणा परिर्वतन त्यति सजिलै गर्दैनौ । कि हामिमा रिस, इगो वा माथिल्लो निकाय/ व्यक्ति बाट ल अब त आफ्नो राजनितिक धार वा विचार परिर्वतन गर वा मैले गरे तसर्थ त पनि गर भनेर नअह्राय सम्म गदैनौ । हामि लोजिक र तथ्य बाट प्रभावित समाज हैन । हुकुम र प्रमानिबाट निर्देशिक्ष र शिक्षित समाज हो । तर हामि राजनैतिक सुझ भएको जस्तो चै मलाई लाग्दैन । राजनितिक सुझ भनेको चुनावको एक हप्ता अघि सम्म पनि आफुले भोट गर्ने आधार भएका उमेरद्वारमा खोजि रहनु हो ।
प्रायः हामि नेपाली समुदायले आज भोलि राष्ट्रपतिय डिवेट हेर्ने बानि परेको छ तर पनि हामि अझै कार्यकर्ता भएर हेर्र्यो । ट्रम्पले जे भने पनि, जस्तो भाषा प्रयोग गरे पनि वा कमलाले जसरी प्रस्तुत भएपनि, ऐजेण्डा बेस होस वा आरोप बेस होस त्यो प्रि सेट दिमागले गलत वा सहि विश्लेषण गर्दैन । हामिलाई कार्यकर्ता बन्नु पर्ने वाध्यता किन आईपऱ्यो ? किन हामि राजनितिक तथ्यका विषयमा जानकारी लिन खोज्दैनौ ? हुनत हामि चुनावलाई चाँड मनाउने परम्परा बाट हुर्किएको भएर होला । आफ्नु पन पाउनुको मज्जा नै वेग्लै हुन्छ ।
मैले अमेरिकि राजनितिलाई बुझ्न खोजेको प्रेसिडेन्ट वाराक ओवामा र मिट रोम्नि बिचको डिवेट बाट हो । नेता राजनितिक पद मात्र हैन आदर्श व्यक्ति पनि हो । मैले त्यो डिवेट बाट राजनैतिक आचरण, भिन्न विचार तर तथ्य लाई स्विकार्ने राजनैतिक आचरण, त्यो जोस, जाँगर र राजनैतिक मिठास पाएको थिए । तर हिजो वा भनौ जब ट्रमको अमेरिकि राजनितिमा उदय भयो ती अमेरिकि राजनितिक भ्यालू कता गए ? आज डिवेटका विषय अपशब्द बोल्ने, प्रत्यसिलाई खिसि टियुरी गर्ने, वर्ण, जात, लुक्स लाईक का आधारमा गरिने राजनिति विभाजनको विजारोपण कस्ले गर्यो ? हुनत हामि त्यहि राजनितिक संस्कार बाट शिक्षित भएर आएका हरुलाई जति धोच पेच र अपशब्द प्रयोग गर्यो त्यति मज्जा आउने नै भो किनकि त्याहाँ आफ्नु पन आउँछ । तर अमेरिकामा राजनिति त्यस्तो थिएन र हामि त्यो देखेर आएका पनि हैन र त्यो हुनु पनि हुदैन ।
भोट कसलाई गर्ने भन्ने विषय मान्छे, समुदाय, उसले उपनाउने दर्शन, कुन विषय उसका लागि महत्वपूर्ण छ भन्ने हुनु पर्छ । आज हाम्रो नेपाली समुदायको आधार अमेरिकि समुदायमा ' पहिचान' को आधार नै हो । हाम्रो पहिचान चाहेर पनि नचाहेर पनि आप्रवासीकै हो । आप्रवासी समुदाय भित्र हामि पनि छौ । चाहे त्यो भारतिय होस वा हैटियन होस, चाहे त्यो चाइनिज होस वा ग्वाटेमालियन नै होस । हिजो ट्रपले ओहायोमा हैटियनले कुकुर र विरालो खाए भनेको होस वा पहिलो चुनावमा मेक्सिकन हरु वलत्कारी, अपराधि हुन भनेको होस वा अफ्रिकन अमेरिकन black जब यसियनले खाए भनेको होस वा covid - १९ चाईनिज ले फैलाए भनेर न्यु योर्कमा वा क्यालिफोरनिया मा चाइनिजलाई आक्रमण गर्ने विषय हुन । ती सम्पूर्ण हकर्त आप्रवासी समुदाय लाई भनिएका र गरिएका विषय हुन । ए तिनिहरु लाई त भनिहाल्छ नि हामि त यो वा त्यो भनेर त्यस्तो हैन । हामि भिन्न छौ भन्ने हो भने त्यो दिन जुन दिन हाम्रो समुदाय अपमानित हुने अवस्था आँउदा ( प्रथना गरौ त्यो दिन नआओस ) हामि निरिह बन्छौ । विश्वमा पहिचान नहुँदाको पिडा र पहिचान बचाँउन गरिएका युद्ध का साक्षि अहिलेको रसिया र युक्रेन, हमास र प्यालेष्टाइन , हिजो जर्मनिमा भएको होलोकोस्ट नाजी र जिउस विजको पहिचान निर्माण र संरक्षणकौ विषय थिए र छन । पहिचान विनाको सम्रुद भुटान हाम्रा भुटानी नेपालीलाई के मतलब, पहिचान बिनाको आधुनिक जर्मनि जिउसलाई के मतलब, पहिचान बिनाको आजको युक्रेन युक्रेनियनलाई के मतलब ।
भोट एउटा भोट मात्र हैन । त्यो तपाईले उमेरद्वारको ऐजेन्डा, भाषा, व्यक्तिगत जिवन, उसको जिबनशैलि, उसका इतिहास आदीका विषयमा सहि छाप गर्ने विषय हो ।