Noetic Gnosis· चेतनादृष्टि
All articles
·3 min read

विदेशिएका प्रतिभावान नेपालीका समस्या र हाम्रो आगामी बाटो

विषय, परिस्थिति र मुख्यत : विदेशिएका प्रतिभावान नेपालीका समस्या, त्यसका समधान र हाम्रो आगामी बाटो, हाम्रा नाम मात्रका कार्यक्रम गर्ने प्रमुख अतिथि बन्ने र भाषण उत्पादन गर्ने संस्थाहरुको बारेमा सात दिन सात रात लेखेको लेखै गर भनेपनि म सँग contains छन तर लेखेर, बोलेर मात्र हाम्रो पहिलो पुस्ताको migrated समाज ले लय लिने देखिदैन । हामी अमेरिका वासि नेपाली समुदाय शैद्रन्तिक, सामाजिक मुल्य, संस्कार, एक प्रकारले धार्मिक आस्था र हाम्रो सनातनि जातिय मनोभाव को आधार विहिन छौ । हाम्रो सामाजिक लक्ष्य, संस्कृतिक आधार लाई जग बसाउनु हाम्रो पहिलो पुस्ताको मुल दायित्व हो । त्यसको काम एउटा व्यक्तिको लेवल बाट निर्धारण गर्ने सकिदैन । माने पनि नमाने पनि, स्विकार गरे पनि नगरे पनि त्यो काम हाम्रो संस्थाहरुले गर्ने हुन ।

हाम्रा संस्था - NRNA, NST, BANA, लगाएतका प्रत्येक सहरमा भएका नेपाली एसोसियसनहरु एउटा आधारमा बनेका थिए । लक्ष्य भनेको नेपाली हरु भेला हुने र दशै, तिहार, नयाँ वर्ष र तिज सामुहिक रुपमा गर्ने भन्ने थिए । त्यो आधार र लक्ष्य अब समाप्त भएको छ तर संस्थाले आफ्नो विधान र लक्ष्य पुन व्याख्या र परिमार्जन नगर्दा सम्पूर्ण रुपमा ती सबै संस्था कार्यक्रम उत्पादन गर्ने कारखाना बनेका छन । विचार, सिद्धान्त र लक्ष्य विहिन खालि भाडो भएका छन । मुलतः NRNA मा सधै भाडभैलो हुनु भनेको त्याहाँ काम ( scope ) नहुनु हो । हाम्रो उखान छ : - काम छैन बुहारी . .. .. . . खोई के भने जस्तो ।

अब गर्ने के त ? अब गर्ने भनेको यी जन्मिएका सम्पूर्ण संस्था मुलतः मुख्य संस्थाहरुको विधान परिमार्जन गरेर नयाँ लक्ष्य र नयाँ मार्गदर्शन निर्धारण गर्ने जुन हाल संस्था चलाईरहेका व्यक्ति बाट सम्भव छैन । वैचारिक रुपमा प्रस्ट, दुरदर्शि समाज विज्ञान को विश्लेषण गर्ने सक्ने व्यक्तिहरु बाट हाम्रो समाजको आगामी ५० वर्ष को लक्ष्य, हाम्रा समस्या र समधानका विषयमा नयाँ धार बाट छलफल चलाएर एउटा स्पष्ट मार्ग निर्धारण गर्नु हाम्रो समाजको मुख्य दायित्व हो ।

विदेशमा, विशेष त अमेरिकामा नेपालीहरुका संस्थाहरु कंग्रेस इतर ले नेतृत्व गरे, कंग्रेसको सिद्धान्त र कम्न्युष्ट हरुले नेतृत्व गरे कमन्युष्ट सिद्धान्त मा चल्नु हामी विदेशिएका नेपाली सिद्धान्त विहिन हुनु हो । हाम्रा संस्थामा व्यापक सुधारको आवश्यक्ता छ । त्यसको पहिलो स्टेप भनेको सेद्वान्तिक बहस हो ।

' आवश्यकता बाद' ( Necessity ism) आजको विश्वको प्रयोगात्मक सिद्धान्त हो । आवश्यक्ता बादको आधार राजनैतिक कुटनिति विहिनता हो । जसको प्रयोग दलगत राजनिति बाट आएको व्यक्तिबाट सम्भव हैन । ' राजनैतिक कुटनिति ' स्वार्थे, लोभ, र मै हु भन्ने अहमता बाट जन्मिन्छ । हामिले व्याहारमा त्यसलाई नै सकरात्मक तवरले ' कस्तो कुटनिति गर्ने जान्ने ' भनेर पुरस्कृत गर्दै गयौ ।

सिद्धान्त भनेको गन्तब्य हो । सिद्धान्त विहिन हुनु भनेको गन्तव्य विहिन हुनु हो । यस अर्थ हामी पहिलो पुस्ता जो अमेरिकामा छौ उसले संस्था संञ्चालन तथा जिवन पद्धतिको शैदान्तिक आधार निर्माणमा लाग्नु पर्दछ । जसले हामिलाई गन्तव्य निर्धारण गर्छ ।