हामिले भोगेको मानवसमाज
मान्छे जब यो संसारमा जन्मन्छ तब उसको प्रकृतिक अधिकार भनेको उसले याहाँको जमिन समान रुपमा प्रयोग गर्न पाउनु पर्छ । त्यो उसको प्रकृतिक अधिकार हो । जग्गा एक व्यक्ति, परिवार, वा वाऊ आमा बाट हस्तान्तरण हुने चलन जसरी शुरुवात भयो असमानता त्यहि बाट शुरू भयो र विधिवत रुपमा पुंजिवादको आधार बन्यो । जमिन मान्छे जन्मेपछि उसलाई खानलाई उत्पादन गर्नेका लागि स्वतः प्राप्त गर्ने र मित्यू पछि स्वतः प्रकृतिमा हस्तान्तरण हुने व्यवस्था हामि मानब जतिमा लागु हुनु नै असलि प्रकृतिबाद हो । पुँजिवादको विकल्प समाजबाट हैन । पुँजिवादको विकल्प प्रकृतिवाद नै हो । यो मानवजतिबाट लागु गर्ने प्रायः अहिले असम्भव छ । त्यो उचित समयमा प्रकृतिले आफै लागु गर्छ । पुँजिवादको आधारनै मानवजतिको विनाशको शुरुवात हो । यो प्रकृतिको आवश्यकता को सिद्धान्त अनुसार नै छ ।
अहिले विश्वमा जसरी परिवार धुविकरण, व्यक्ति - व्यक्तिमा असहजता वा भनौ एउटा मानिस देखि अर्को मानिसमा विश्वास विहिनता छ, त्यो पनि मानवजातिको विनाशको आधार निर्माण हो । विनाश नै अर्को पुर्न ताजकि को शुरुवात पनि हो । प्रकृति पनि आफ्नै नियममा हुन्छ । फेरि प्रकृति अन्यायी पनि हुदैन । हामिमा विकास भएको मनोभाव हामि आफैले निर्माण र विकास गरेको सम्पति हैन । हामि त एउटा स्वरूप मात्र हो । त्यो साधनलाई चलाउने दिमाग र सोच निर्माणले हो । सोच निर्माण Mass unconciousness बाट बन्छ । unconciousness भनेकै हाम्रो conciouse दिमाग भन्दा परको विषय हो । सहज रुपमा बुझ्दा त्यो आत्मा वा परम शक्ति वा प्रकृतिक शक्ति भन्न सकिन्छ । प्रकृतिले मानवजतिको विनास गराउन त्यसरी कारण निर्माण गरेको हो ।
हाम्रो सामान्य मन र मस्तिष्कले त्यो असामान्य मान्छ तर त्यो प्रकृतिको सामान्य नियममा पर्छ । हामि आज जे छौ , जस्तो काम गरिरहेका छौ , जस्तो विचार - सोच भएका छौ त्यो प्रकृतिको नियम हो वा प्रकृतिले अह्रायको गरिरहेका छौं । आज मानवजति ३५% मानसिक रोगि छ । मानसिक रोग भनेको उसको conciouse दिमाग ले काम नगर्नु हो । जब यो मानवजति 85 % unconciouse दिमागको भरमा पर्छ त्यो पुर्णत mass unconciouseness मा परिणत हुन्छ र प्रकृतिक विनाश सँगै १५% conciouse मानवजति बाट पुन मानव जतिको पुर्ण प्रकृतिवाद सहितको जमिनको समान हक निर्माण हुन्छ । त्यो करोडौ लाखौ अरवौ बर्ष पहिले त्यहि नियम लागु भएर हामि याहाँ सम्म आयौ र यो चक्र प्रकृतिक चक्र हो पुनः हुनेनै छ । यसलाई धर्मग्रन्थले भने जस्तो कलि युगको अन्त्य भनेर बुझ्न पनि सकिन्छ वा कलि युगपछि अर्को युग छैन भनेर बुझ्न पनि सकिन्छ ।
तसर्थ, हामि कहाँ छौं ? किन मानिसमा यस्ता विचार विकास हुदै छन ? मानिसको व्याहार किन वास्तविक मानिसको जस्तो छैन । किन समाजमा हामि अनौठा अनौठा घटना देख्छौ र सुन्छौ ? किन यसको समधान नभएको होला । मानिस जति जति पठ्ने - बुझ्ने , कम्प्युटर चलाउने, विभिन्न अविष्कार गर्ने , जिवन सहज बनाउने बन्छ अझ विवेकि , मायालु , सामाजिक , अझ महामानब हुनु पर्ने हो हैनर ? तर किन गतिविधि - सोच र मानसिक्ता अर्को अघो गतितिर लागिरहेको छ । मान्छेले मान्छेलाई हतियार - बन्दुक प्रयोग गरेर मारिरहेको छ । यूदू - देश - देशविच लडाई किन भै रहेछ । मानिस विवेकसिल अझ चेतनशिल हो भने त , एउटा हिंसले अर्को सिंह लाई देख्दा जसरी उसले मूर्ग लाई देखे जसरी झन्टिदैन त्यो हुनु पर्ने हो नि ? मानव जातिले मानवजाति लाई किन मारिरहेछ । जंगलि हामिले भन्ने गरेको अविवेकि कुनै पनि पशुले आफ्नै जात - वशं को हत्या गर्दैन । तर मानवजाति ले आफ्नै वंश मानववंश लाई हत्या गर्छ अनि त्यो कसरी विवेकि बन्न सक्छ ?
मानब जाति जतिवेला जंगलमा प्रकृतिको समान प्रयोग गर्ने अवस्थामा थियो मलाई लाग्दैन उसले आफ्नै बंशको सिकार गर्थियो । त्यो प्रकृतिको नियम हैन र थिएन । तर आज हामि कहाँ छौ ? फेरि यो अनौठो विषय पनि हैन । विनाशको आवश्यकताको सिदान्त नै त्यहि हो ।