Noetic Gnosis· चेतनादृष्टि
All articles
·5 min read

दशैलाई विदेशमा स्थापित यसरी गरौ

नेपाली पन र नेपाली मन भएका विश्वभर रहेका प्रत्त्येक नेपालीका लागी दशै एउटा मनोवैज्ञानिक उपचार ( therapy ) नै हो । विदेशमा विशेषतः अमेरिकामा दशैलाई हाम्रो पुस्ताले कसरी स्थापित गर्ने भन्ने विषयमा बहस हुन जरूरी छ । हामीलाई दशै भनेको कामबाट विदा लिने, पिङ लगाउने, घर पोत्ने, बाटो खन्ने, नयाँ लुगा लगाउने, मिठो खाने, खसि प्रत्येकको घरमा हुनु पर्ने, मान्यजनका हातबाट विशेषत: परिवारको सदस्य, नाता, साइनो लाग्ने बाट टिका र जमरा लगाएर आर्शिवाद लिने जुन प्रक्रिया छ त्यसलाई हामि दशै भनेर सम्बोधन गर्दैछौ/ थियो । यसो यसो गरे त्यो दशै हो भन्ने कुनै न कुनै एउटा पुस्ताको योगदान छ । भनेको दशैको प्रणाली निर्माण गर्ने एउटा पुस्ताले त्यस भुगोलको आवश्यकता मा निर्माण गऱ्यौ र हामिले आजसम्म त्यहि अपनाई रहेका छौ । अब त्यो पुस्ता विदेशका लागी हामी हौ । विदेशमा दशैको नेचर कस्तो याहाँको परिवेश अनुसार भन्ने हाम्रो हातमा छ । याहाँको बस्तु स्थिति, भुगोल र आवश्यकता अनुसार हामिले अमेरिकि भुगोलमा यसो यसो गर्दा दशै आएको अनुभव हुन्छ भन्ने गरि त्यो सामाजिक, सांस्कृतिक प्रणाली तय गर्नु पर्छ । तसर्थ यो हाम्रो पुस्ता विदेशमा हरेक दुष्टिकोणले विशेष छ ।

विदेशमा अहिले नेपालीको संख्या बढे सँगै नेपालीपनको कमि चै भएको छैन तर हामी सँग सम्बन्ध हरुको खडेरी नै छ । विदेशमा हामी विच भएको सबै भन्दा ठुलो सम्बन्ध भनेको ' साथि' मात्र छ । आमा, बुबा, दाजु, भाई, साना बा, ठुला बा, मिता, मिताहा , बा/ आमा, फुपु, फुपाजु, सम्धि, सम्धिनि, भिनाजु, जुवाई लगाएतका सयौ सम्बन्ध जसले हामि नजिक भएको अनुवभ गर्ने गर्छौ । त्यसमा पनि दशैमा यी सम्बन्ध विशेष हुन्छन, त्यो विषयको अभाव हामीमा छ । छ त साथि छ । साथि लुज सम्बन्ध हो । टाइट सम्बन्धका माथि उल्लेखित उदाहारण हामीविच नहुदाँ विशेषतः चाडवॉड त्यसमा पनि दशै विशेषः बन्न सकिरहेको छैन । र ती सम्बन्ध खोजेर वा मन लाग्यो निर्माण गरौ भन्ने पनि हुदैन । तसर्थ जुन उपलब्ध भएको सम्बन्ध ' साथि ' त्यसलाई नै प्रयोग गरेर ती सम्बन्धको अभाव पुरा गर्नु पर्ने हुन्छ ।

अब हामीले गर्ने के त ? कसरी दशैको संरचना निर्माण गर्ने । अहिले खसि ल्याउने, तास खेल्ने , टोल टोलमा दशैको कार्यक्रम राख्ने गरिन्छ तर दशैमा विशेषः महत्व मानिने टिका लगाउन जसरी टाइट सम्बन्ध भएका घरमा टिका लगाउने गरिन्छ त्यसको निरन्तरता दिन सकि रहेका छैनौ । तसर्थ जो जहाँ जुन टोलमा बसेका र्छौ । त्यहाँ हामी साथि - साथि को सम्बोधन गरेर बसेका छौ । हो त्यही सम्बन्ध भएका प्रत्येकले प्रत्येकको घरमा परिवार र विशेषः बालवच्चा सहित गएर टिका लगाउने वातावरण निर्माण गर्नु पर्ने देखिन्छ र त्यो संस्कारको विकास गर्नुपर्ने हाम्रो आवश्यकता हो । मानौ दशैको दिन गाडि लिएर १५ - २० जना साथिहरुको मा गएर टिका थापेर त्यो दिन विशेष बनाउने हो भने पक्कै पनि हाम्रा बच्चालाई त्यो क्षण विशेष बन्ने छ र त्यो निरन्तरता प्प्रत्येक बर्ष गर्ने हो भने कालान्तरमा त्यो हाम्रो संस्कार बन्छ । त्यसले मनोवैज्ञानिक उपचारको काम गर्छ । नेपाली गाउँघर तिर एउटा भन्ने चलन छ ' दशैमा टिका लगाउन त आउँछस नि ' । त्यो मनोविज्ञानले हजारौ सम्बन्ध बाँचेका हुन्छन। हजारौ मनमुटाब, झगडा, दोन्द र आपराधिक काम बाट बचाई रहेका हुन्छन । यसको मनोवैज्ञानिक महत्व छ । हजारौ पुष्टको कानुन भन्दा यसको सिमा, परिवन्ध र मनोवैज्ञानिक सजाय धेरै कठिन छ । चाँडवाँड विशेषतः दशैले हाम्रो समाजमा एकता, भाईचारा र सिमा, परिवन्ध निर्माण गर्ने विशेष सहयोग गर्छ ।

मानौ हामीले याहाँ एउटा साथिको घरमा परिवार र बालबच्चा सहित टिका लगाउन गएका छौ भने, त्यो परिवारका सदस्यलाई हेर्ने नजरिया नै भिन्न हुन्छ । आफ्नो पन, नजिक पन र अझ विशेष बन्छ । साथिको सम्बन्ध लाई अलिक परिमार्जन गरेर मित लगाएर ' मित ' बनाउन सकिन्छ । यसको पनि हाम्रो संस्कारमा विशेष आदार र महत्व छ । अबको अर्को २० बर्षमा हामी - हामी विच सम्धि - सम्धिना, ससुराली, साला सालि , भेना, अरु सम्बन्धमा विस्तार होउला तर अहिलेको लुज सम्बन्ध लाई टाइट सम्बन्धमा विस्तार गर्ने दशैको टिका एउटा राम्रो अवसर बन्छ र त्यो हाम्रो आजको आवश्यकता पनि हो ।

हामी प्रायः जसोलाई दशैको बारे सोध्ने हो भने मामल गएर टिका लगाएर दक्षिणा लिएको को सम्झना विशेषः छ । हामीले याहाँ एउटा साथिको घरमा मानौ मामाको घरमा जस्तै मानेर टिका लगाउन वालवालिका लिएर गयौं भने त्यो हामीले वालक पनमा लिएको अनुभव लिन पाँउछन र अर्को बर्ष देखि त्यहि बच्चाले हामीलाई सोध्छन ' दशै कहिले आउँछ ' किनकी हामी पुनः त्यो साथिकोमा छोरा छोरी सहित पुनः टिका लगाउन जान्छौ र छोरा छोरीलाई दक्षिणा वा त्यहाँ त्यो अवसरमा दिएका मिठा परिकार वा त्यो माहोलले दशै प्रतिको मोह बढाउछ । त्यसपछि हामीले हाम्रा सन्तानलाई हाम्रो संस्कार हस्तान्तरण गर्ने ठुलो चिन्ता लिनु पर्ने नहुन सक्छ ।