लि क्वान यू , रवि र कान्तिपुर
तपाईलाई शिर्षक बाट रवि लामिछाने लाई लि क्यान यू सँग तुलाना गऱ्यो भन्ने लाग्छ भने यो लेख तपाइको लागि हैन । हुन सक्छ तपाईलाई शान्ति बराल वा ज्योति मगरका सामग्रि नै उपयुक्त होला । लि क्यान यू को जिवनि पढेपछि उनले पाएका दुःख हण्डर र त्यस वेलाका शासक, आयातित मिडिया र संगठित गिरोहले के गर्यो भन्ने घटना क्रम र आज रवि लामिछाने लाई नेपालमा कन्तिपुर लगाएतका मिडिया, संगठित अपराधमा बाँचेका ३५ - ४० बर्ष पार्टिहरुले गरेका हर्कत मलाई चै सामान्य नै लाग्यो । रवि व्यक्ति के हुन मलाई चासोको विषय हैन । रविको स्थानमा अर्को हरी वा विष्णु होला तर घटनाक्रमको सिलसिला लाई अध्यन गर्न, चासोको विषय बनेको छ ।
जब लि क्वान यू ले पिएपी निर्माण गरेको पाँच महिनामा देशमा राम्रो उपस्थिति देखाए जस्तै रासपाले नेपालमा । त्यसपछि मुलतः मिडिया जगत अनको पछि हात धोएरै लागे । ' सिंगापुर हेराल्ड' ले त अहिले कन्तिपुरले रवि लामिछानेको विषयमा जसरी विपक्षिकै रुपमा खेदो खनेको छ त्यहि स्वरूपमा निरन्तर लामो समय लि सिंगापुरको प्रधानमन्त्रि हुन जेल सम्म पनि विरोध र लि विरुद्ध नकरात्मकता फैलाउन तल्लिन थियो । त्यस्तै सिंगापुर हेराल्ड लाई साथ दिन ' नन्नयाङ्ग सियाङ पउ', द इस्टन सन, फार इस्टन इकोनोमि रिभिऊ, द न्यु योर्को टाइम्स लगाएतका दजनौ स्थानिय देखि अन्तरराष्ट्रीय सञ्चार माध्यम उनको पछि लागेका थिए । अहिले रवि लामिछाने को पछाडी कन्तिपुर लगाएतका अरु बाह्र भाई मिडिया निरन्तर रुपमा विरोध, झुटो र भ्रम निर्माणमा लाग्नु अनौठो विषय रहेनछ । तर रवि ले र लि ले ति तत तत मिडिया लाई सामना गर्ने विधि चै फरक फरक देखिन्छ । लि जुन प्रत्रिकाले झुटो र भ्रम सिर्जना गर्ने गर्थियो ती प्रमाण बोकेर अदालत जान्थे र मुद्दा लगाउँथे । लि ले सयौ मुद्दा लगाएर मिडियालाई आछु आछू पार्रेका थिए । तर रविले त्यो बौर्दिक बाटो नरोजेर जोरी खोज्दै गएको देखिन्छ ।
साथि बने दुस्मन भन्ने र्शिषक पनि रवि लामिछाने को र लि क्वान यू सँग मेल खान्छ । ' देवेन नायरको' र लि पुराना साथि थिए । देवेन ले लिंगापुरको आर्थिक विकासमा ठुलो योगदान गरेका छन । उनि राष्ट्रपति समेत भएका व्यक्ति थिए । पछि देवेनले मालेशियामा गएर देशकै वेइजेत गर्ने काम गरे पछि लि र देवेन विच फाँटो शुरु भयो र पछि दुस्मनिमा परिणात भयो । पछि देवेन क्यानाडा सरे र जिन्दगी भर लि को आलोचना मात्र गरे । घटना रवि लामिछाने र मुकुल ढकालको पनि त्यस्तै देखिन्छ । मुकुलले पनि जिन्दगीभर रविकै मात्र आलोचना गरेर जिन्दगी त्याग गर्लान वा के होला हेर्न बाँकि छ । लि ले देवेनलाई गलि वेइजति गरेको भनेर मुद्दा लगाएका थिए तर हाल सम्म त्यो घटना चै देख्न सुन्न पाईएको छैन । एक जना बहालवाला मन्त्रिले आत्मा हत्या गरेको विषयमा पनि उनि माथि आरोप लाग्यो त्यस्तै रवि लाई पनि पुढासैनि असामान्य मित्युको विषयमा आरोप लगाउन खोजिन्छ । हालि मुलि गरेको राज्य सत्ताले नयाँ उदयमान पार्टी र त्यसको नेतृत्वलाई विभिन्न बहानामा आरोपित गरिरहनु र दुख दिइरहनु राजनितिमा सामान्य नै देखिन्छ ।
पार्टी निर्माण र छोटो समयमा परिणाम आएको विषय पनि समानान्तर छ । लि ले अप्रिल मा हुने चुनावमा फेब्रुवरी महिनामा पार्टि निर्माण भएको पाँच महिनामा घोषण गरेर पाँच स्थानमा उमेरदवारी दिएको मध्य चाँर स्थानमा विजयी भएका थिए । पिएपी र रासपा मा पनि पर्टिको संगठन, जनआधार नभई पार्टी निर्माण भएको छोटो समयमा राम्रो परिणाम निकालिएको इतिहास एउटै छ । त्यस बेला पिएपी निर्माण हुदाँ पनि मिडियाले त्यस्तो राम्रो समचार बनाएका भिएनन । पिएपी ले पनि देशबाट समग्रमा प्रतिष्ठित, बौदिक र अरु पार्टिका राम्रा मान्छे पार्टीमा प्रवेश गराएका थिए । आज रासपा ले पनि त्यहि आयम लिएको देखिन्छ । अर्को संयोग पनि गज्जबको देखिन्छ । लि सिंगपुरमा जन्मेर बढन बेलाएत गएका थिए । पछि स्वदेश फरकिएर पार्टी खोलेर राजनितिमा आउदा विदेशि, चिनियाँ बोल्न नआउने, १० बर्ष निरन्तर एउटै स्थानमा बसेको ले मात्र उमेदवारी दिन मिल्ने भन्ने विषय ल्याएर, मिडिमा बाँजि गरेर उनलाई पनि शुरुवाति दिनदेखि अवरोध र मिडिया टायल गरिएको थियो । तर लि ले ती सम्पूर्ण अवरोध र मिडिया वाँजि गर्ने पत्रिकालाई मुद्दा हालि हाल्थे, त्यसो गर्दा मुद्दा लाग्ने डरले सयौ पत्रिकाले अनको बारे समचार नै नलेख्ने र नवाजाउने गर्थे । रवि लामिछानेले पनि त्यो काइदा सिक्न जरुरी देखिन्छ ।
लि र रविको व्याहार र जिद्दि पन पनि सामान्यतय एउटै देखिन्छ । मिडिया, जापान, मलेसिया, देशभित्र भएका कम्निष्ट पार्टि र अन्य पार्टिहरु ले बारम्बर लखेटि रहदाँ उनि अटल र निर्भिक भएर ती सम्पूर्ण षडयन्त्र र आरोपहरु प्रति निरन्तर लडि रहे । २ सेप्टेम्बरमा टुकुसँग वार्ता गर्दै १६ सेप्टेम्बरमा श्रेत्रिय संघमा सिंगापुर समावेश गर्ने विषयमा त्यसो नगरे ठिक नहुने भनेर चेतवानि दिएपछि ' यो ज्याद्रो मान्छे रहेछ' भनेर सार्वजनिक टिप्पणी दिएका थिए । अब सहकारीको विषयमा अदालतले रविलाई निर्दोष भएको फैसाला दियो भने ' रवि ज्याद्रो मान्छे रहेछ ' भन्ने दिन नआउला भन्न सकिदैन । नेता म त्यहि वा त्यस्तै बन्छु भनेर बन्ने विषय हैन । यो त परिवेश, घटना, समय र परिवेशले निर्धारण गर्ने हो ।