Noetic Gnosis· चेतनादृष्टि
All articles
·3 min read

हामिलाई संस्था किन चाहिन्छ ?

मुलत: हामि देश वाहिर बस्ने नेपालीहरु लाई किन संघ, संस्था चाहिन्छ भन्ने विषय बहसको विषय बन्छ । संघ / संस्था / संङ्गठन एउटा सामुहिक आवाज हो । यसले एउटा शक्ति बोकेको हुन्छ । अझ पनि देश बाहिर आएर अरुको देशलाई आफ्नो देश सम्झिने परिवेशमा भएका हामि नेपालीको लागि अत्यन्तै महत्वपुर्ण विषय हो ।

नेपालमा राणा शासन र पञ्चायति वेबस्ता भएको बेला संङ्गठित हुन प्रतिबन्ध थियो । अमेरिकामा अफ्रिकन अमेरिकनलाई काम गर्ने / दास बनाउन ल्याउदा मालिकहरुले सबै भन्दा विचार गरिएको विषय उनिहरुलाई संगठित हुन नदिने नै थियो । एउटै स्थानमा धेरै अफ्रिकन हरुलाई काममा लगाईदैन थियो । तर त्यसको विपरित जब गोरा जतिले विश्वमा दबदबा बढाएको मुख्य कारण संङ्गठन नै हो । ब्रिटिस हरु भारतमा जाँदा कम्पनिको नाम बाट गए । युरोपियन हरु अमेरिकामा आउँदा पनि चर्च को नामबाट संङ्गठित भएर आए । अहिले नेपाल लगाएत अल्पविकसित देशमा पनि चर्चको नामबाट संङ्गठित भएर छिरि रहेका छन । दक्षिण अमेरिकामा गोरा जातिहरु चर्चको नामबाट प्रवेश गरेको केहि दशकमै देशको वागडोर समाउन सफल भए ।

सन १८३५ मा अफ्रिकन अमेरिकन हरुले ट्रेड युनियनको मार्फत वासिङ्टनको नेभि पार्क मा हडताल गरे । जसले अमेरिकन इतिहासमा एउटा महत्वपुर्ण अर्थ लाग्छ । त्यो अफ्रिकन अमेरिकन ट्रेड युनियन ले सम्भव गराएको हो । त्यसकै बलमा अमेरिकामा सिभिल बार सम्भव भो त्यहि सिभिल बारले अफ्रिकन अमेरिकन लाई दासत्व प्रभाबाट छुटकारा दिलायो । जब १६१९ मा डच सिपले भजिनियाको जेम्स टाउनमा २० जना अफ्रिकन सस्तो र दरो कामदारका रुपमा युरोपियन गोराहरुबाट किनेर ल्याइयो त्यसपहि लगभग त्यो समुदायलाई संङ्गठित भएर आवाज उठाउन लगभग २०० वर्ष लाग्यो ।

यो समय अलिक भिन्न छ । हामि नेपाल बाट अमेरिका आउने विधि र तरिका फरक छ तर अमेरिकि सरकार , त्यो एउटा शासकिए बर्गको सोच र लक्ष्य उस्तै छ । हिजो असम्बैधानि रुपमा दास बनाईन्थियो तर आज प्रक्रिया सम्बध तरिकाले कामदार कै रुपमा ल्याइन्छ तर वाध्यात्मक व्यवस्था चै छैन । सामाजिक संञ्जाल र डिजिडल दुनियाँले संङ्गठनको रुप लिएको छ तर संस्कार, संस्कृति , परिवेश , भाषा र आफ्नु पनको हस्तान्तरण को विषय आउँछ त्याँहा संस्थाको आवश्यक्ता अझ व्यापक हुन्छ । हामि नेपाली अमेरिकि भुगोलमा पहिलो पुस्ता हौ । हाम्रो कर्तव्य र धर्म हाम्रा संस्कार, संस्कृति र परम्परा जुन हामिले नेपाल बाट लिएर आएका छौ त्यो हाम्रा सन्तान लाई हस्तान्तरण गर्नु हो ।

जब हामिले जुइस समुदायको उदाहारण र हाल आएर भारतिय समुदायलाई अमेरिकि भुगोलमा हेर्यो भने , यी जुइस समुदायले अमेरिकि समाजमा लगभग ८० % अर्थलाई प्रतिनिधित्व गर्छ । उनिहरुको धर्म , संस्कार , लुगा , पढाई , रिति , रिवाज , संस्कार आज पनि अविचालित छ । अझै पनि परिवारको महत्व त्यो समाजका जस्ताको त्यस्तै छ । कानुनि रुपमा डिभोर्स लाई मान्यता दिए पनि त्यो समाज आज पनि त्यसलाई सहर्स रुपमा लिदैन । अमेरिकाको मुख्य आर्थिक पाटो को प्रतिनिधित्व गरेको समाज र उसको आफ्नै परम्पराको निरन्तरताको बिचमा केहि सम्बन्ध त पक्कै छ । आज भारतिय अमेरिकन हरुको आफ्नो संस्कार प्रतिको गम्भिरता र त्यो समाजले गरेको आर्थिक प्रगतिमा पक्कै सम्बन्ध त छ नै । तसर्थ, जसले आफ्नो कला , संस्कार , संस्कृति , परम्परा , धर्म , चालचलन लाई बचाएर राख्न सक्छ , हस्तान्तरण गर्ने सक्छ त्यो समाज नै अमेरिकि भुगोलमा विजयी बन्छ । त्यसका लागि एकजुट हुनु , संङ्गठित तारिकाले आफ्ना मुल्य र मान्यता हस्तान्तरण र संरक्षण मा काम गर्नु पर्छ । विदेशि भुमिमा आज हामिलाई संस्था चाहिने पनि त्यसकै लागि हो l