Noetic Gnosis· चेतनादृष्टि
All poems

निर्दोष शब्दहरू

October 1, 2026

अक्षरहरूको मिसावटबाट शब्दहरू बनाएपछि परिभाषाको नाममा व्याख्या त हुन्छ होला शब्दहरू त भौतिक हुन् बिचरा जे भन्न लगायो त्यही बोल्छन्। निर्दोष शब्दहरूलाई घात किन? तिनीहरू त बिचरा दासी न हुन् अक्षरहरूबाट मिठा शब्द सिर्जित किन? अमिला, अरिमठ्ठे शब्द प्रहार भए पनि मन गुलियो र रसिलो भएपछि! शब्द त भावनालाई रूपान्तरण गर्ने न हो शब्दमा के नै त्यस्तो छ र बिचरा शब्द जे सोच्यो त्यही फुत्त निकालिदिने त हो! मन गुलियो भएर, अमिलो शब्द निस्केछ रे शब्दले त बिचरा निर्जीव के नै गर्छ र गर्ने त मनले हो मनै वाङ्गो भएपछि शब्द जति सोझो भए पनि के बिचरा शब्द, दोष तिनीहरूको के नै हो र!