Noetic Gnosis· चेतनादृष्टि
All poems

न रहर, न इच्छा

October 1, 2026

संवेदनशीलताका संवेदनाहरू बादलमा उडिरहँदा भावनाका छहरेहरू भेल बनेर ती पहाडका चुचुराहरूमा लाजका प्वाँखहरू, वसन्तको हरियालीमा तोरीको फूलझैँ लहलह भएको त्यो विषाद पल ! सन्तहरूको नाराबाजीमा हराइएको त्यो क्षण वर्षामा पानीको कलकलसँग, विष घोलिएका अमृतका कणसरह मानिस बनेर, मानवजस्तै रुजिरहँदा सम्हालिएर वर्षिरहन्छन् ती रहर र बाध्यताका घृतकणहरू ! नयनस्वरूप ती मासुका डल्लाहरू उकुसमुकुस भएर हेर्न बाध्य भएपछि न संवेदनशीलता महसुस हुन्छ न मानिस मानव नै बन्छ ! पक्षीका पखेटाका प्वाँख भएको मन न उड्न बाध्य हुन्छ, न उडेर नबस्न बाध्य बादलमा वर्षातको कण भएसरि ओझिलो र ओसिलो बाध्यता न रहर नै बन्छ, न इच्छा !