Noetic Gnosis· चेतनादृष्टि
All poems

मनमा घर बन्ने भए

September 20, 2026

मनमा घर बन्ने भए विचारमा सुन्दरता देखिने भए आज किन मान्छे भौतिकवादी बन्थियो ? काम मात्र गर्दा मान्छे धनि हुने भए घर मात्र भएर ओत छलिने भए आज मान्छे मात्र किन मनोरोगि बन्थियो होला र ? संसारमा, मान्छे मात्र त्यो हो ऊ बुदिमान छ । मात्र मान्छे हो उ बाँच्न बचत गर्छ घर बनाउँछ, शिक्षा लिन्छ, जागिर गर्छ, व्यापार गर्छ र त्यही मान्छे हो ऊ सब भन्दा वढि दुःखि हुन्छ । मान्छे बाँचुन्जेल म किन मर्छु, थाहै हुदैन मरे पछि म किन बाँचेछु थाहै हुदैन । म त याहाँ पाहुना रहेछु नपरुन्जेल मान्छेको चेत खुल्नै हुदैन ।