All poems
मसि र कलम
October 1, 2026
मैले उसलाई औलाका टुप्पाले समाएर
लेखिएका कलमका बिम्बहरूले उठाएँ
उसैले मेरा औला काटिएको देखेर हाँस्यो
रगतले नदी बोलाइरहँदा
फोहोर नदी रहेछ भनेर गए!
तिमी सुस्ताइरहँदा
वासुरी बनेर लय बनेकै हो
मेरै वासुरी झिरिम्म फुट्दा
बाँसको कप्टेरो न हो
फुटिहाल्छ भनेर गए!
धुवाँ फुस्स बनेर भौतारिरहँदा
पानीका कण थपेर वर्षात गराएकै हो
म पानी बिना नि कालो सुन्दर थिएँ
म म नै थिएँ, किन हामी बनायौ भनेर गए!
कलमले लेख्छ मात्र थाहा रहेछ
कला भर्ने पनि कलमकै टुटी हो
सादा कापीमा कला भरेको बिर्सेर
म त रंगिन नै थिएँ भनेर गए!
म बिचरा शब्दमा खेल्ने कलम
मसि त मैले नै किनेको भने
मसि भर्ने नजान्ने म बिचरा
मसि र कलम उसैलाई सुम्पिन गए!