All poems
मुस्काएको गोधुलि साँझमा
September 20, 2026
मुस्काएको गोधुलि साँझमा
तिमि अनि म
बरालिएका भावनाका सिरेटाहरुलाई
बोक्दै, पछारदै
बुनिएको त्यो रात
सम्झनामा सयौ जुनि काटोस ।
तिमि आयौं,छितिज रसायो
नझुलिकिएको सुर्यले ताप वर्सायो
मधुर साँझमा सुन्यता बनायो
न थियो त लिनु वा दिनु
सम्झनाका कोपिला गुथेको साँझमा l
म त आए तर तिमिले देखेनौ
आँखाले त हेर्दै थियौ दुष्टि थिएन
मात्र देख्नु त सुन्यता हो
तर त्याहाँ अनगिन्ति,समय थियो
कतै लिनु थियो कतै दिनु ।