Noetic Gnosis· चेतनादृष्टि
All poems

म भित्र म नै नहुदाँ

September 20, 2026

म भित्र म नै नहुदाँ त म छु सपना भित्र, सपना नै नहुदाँ पनि म छु । आँखामा भरोसा नहुदाँ पनि म छु मनमा शान्ति नभए पनि म हुन्छु । हुनु र नहुनु एउटै हुदाँ पनि म नै छु । म के हो थाहाँ नहुदै पनि म थिए म आज भएको महसुस भएर पनि त्यहि छु महसुस हुदाँ म त्यहि छु महसुस नहुदाँ पनि म म नै छु वास्ता र वेवास्ता को के कुरा म सँग संसार नहुदाँ पनि म त्यहि हुनेछु ।