All poems
शब्द
September 20, 2026
तिमि आउँ र व्याख्या गरिदेऊ
नसोचिएका मनोदशा भनिदेऊ
दिमागका केशरीहरुमा डुलिरहने
मनको भावजलमा पौडिरहने
कुन बेला जन्मन मन हुन्छ तिमिलाई
जन्मिए पछि तरङ्ग ल्याइदिने ।
तिमि त प्रिय छौ नै
त्यस्तै तिम्रो उदण्डता
आउँ तिमि र म संसार डुलौ
विचारहरु लाई कब्जा गरौ
अनि , अनि चल्छ हाम्रो मायाको राज
तिमि उता कोल्टे पर म यता कोल्टे पर्छु
म मायालु बन्छु , तिमि रिसाहा बननु
खोइ किन मान्छेहरु रिसाउँछन म सँग
बेला बेला रुन्छन पनि, पागल बन्छन
तर तिमि आउँ मेरो मस्तिष्कमा वास गर
मलाई सारा संसार भ्रमण गर्ने रहर छ ।