All poems
अनि उ मर्यौ
October 1, 2026
तिमी जन्मियौ, त्यहाँ केही खास छैन
उही अरुले जे गर्यो त्यही गर्यौ
पढ्न स्कुल गयौ, जागिर खायौ
विहे गर्यौ, व्यापार गर्यौ, पैसा कमायौ
घर बनायौ, बच्चा जन्मायौ
बच्चा हुकार्यो, घुमफिर गर्यौ
अनि मर्यौ!
के चैँ अरु भन्दा फरक गर्यौ?
होला अरु भन्दा राम्रो जागिर गर्यौ
ठूलो घर बनायौ, गाडी चढ्यौ
अरु भन्दा बढी पैसा कमायौ
सारमा के गर्यौ?
मात्र अरु भन्दा कम वा बढी गर्यौ
त्यही कर्मकाण्ड गर्यौ
अनि मर्यौ!
तिमी मात्र अर्को एउटा संख्या हौ
त्यही कर्मकाण्ड गर्ने अर्को साधन हौ
त्यसमा त्यस्तो खास केही छैन
तिमी त्यही भ्रमको अहंकार मात्र हौ!
तिमीले त्यस्तो खास केही गरेकै छैन
त्यही कर्मकाण्ड गर्यौ
अनि मर्यौ।
खोई के–के परिवर्तन भो रे
हिँड्ने मान्छे गुड्ने भो रे
माटोको घर सिमेन्टको भो रे
खाने कुरा सबै रेडिमेड भो रे
लेख्ने कुरा ल्यापटप भो रे
अनि सारमा के परिवर्तन भो?
तिमीले त्यही कर्मकाण्ड गर्यौ
अनि मर्यौ!