Noetic Gnosis· चेतनादृष्टि
All poems

ऊ चमेलि भनेर? फुत्त निस्कियो

September 20, 2026

ऊ चमेलि भनेर? फुत्त निस्कियो म नरुझेको साँझ, रुझ्छु भनेर नदेखेको छितिज, देख्छु भनेर मैले नचाहेको मन , खोज्छु भनेर ! नचाहेको मन ? म शब्द सँग घोत्लिरहे ऊ सारा संसार घुमेर आएछ यी मैले कर्म बोकेर ल्याए मेरो मनको लास, उपहार तिमिलाई मेरो मनको लास, उपहार तिमिलाई मैले सुहागरात हैन, सुसेलि रात पाए कर्म हैन, भाग्य मन हैन, संयोग चमेलि हैन, चखेरा मैले म पाए र आए ! अनि म मात्र फगत म भए र गए !