All poems
कविता लेख्न मनै छैन
October 1, 2026
मलाई कविता लेख्न मनै छैन
कवितामा भावना, दुःख र रमाइलो
पोख्न त झन् मनै छैन
कवितालाई इतिहास बनाऊँ
राजनीतिको दस्तावेज बनाऊँ
र
कवितालाई बन्दुक बनाऊँ
कवितालाई बारुदको गोली मान
शब्दका सिर्जना होइन।
October 1, 2026