Noetic Gnosis· चेतनादृष्टि
All poems

जवानी नभएको मान्छे

October 1, 2026

जवानी नभएको मान्छे पक्कै बुढेसकाल पनि हुँदैन होला बच्चा अनि पौढ मात्र हुनेरहेछ मानिसका चार अवस्था कसै–कसैका लागि मात्र हुनेरहेछ। दिन र रात सबैका लागि भए पनि निन्द्रा सबैका लागि हुने रहेनछ स्वरूप मान्छेको हुँदैमा जिन्दगी मान्छेकै कहाँ हुने रहेछ र?