All poems
म भित्र म नै नहुदाँ
September 20, 2026
म भित्र म नै नहुदाँ त म छु
सपना भित्र, सपना नै नहुदाँ पनि म छु ।
आँखामा भरोसा नहुदाँ पनि म छु
मनमा शान्ति नभए पनि म हुन्छु ।
हुनु र नहुनु एउटै हुदाँ पनि म नै छु ।
म के हो थाहाँ नहुदै पनि म थिए
म आज भएको महसुस भएर पनि त्यहि छु
महसुस हुदाँ म त्यहि छु
महसुस नहुदाँ पनि म म नै छु
वास्ता र वेवास्ता को के कुरा
म सँग संसार नहुदाँ पनि म त्यहि हुनेछु ।