Noetic Gnosis· चेतनादृष्टि
All poems

म र सत्य

October 1, 2026

एउटा सानो घनचक्करमा हराइरहेको पंक्षी भिडभाडको कोलाहलबाट छुट्टै, अलग सत्यको खोजिमा चिच्याहट फगत असत्य न हो! भिडमा सत्य भेटिदैन सार कहाँ हो कहाँ टाढा हुन्छ रूप अर्कै देखाइँदै रहन्छ मान्छे, सत्य त्यही हो भन्छ वास्तविकता बुझ्न त डुब्नु पर्छ! सिर्जना भिडमा जन्मिदैन नयाँ सत्य, स्वार्थको पछि पाइदैन देखाउने र भएको बीचमा फरक छुट्याउनु छ स्वार्थी, स्वार्थेलाई सत्य मान्छ म त्यो भन्दा टाढा बस्नु छ! लाग्दैछ अचेल किन मान्छे बुझेर, बुझेको छैन भन्छ विचार समूहको नाममा आफुलाई बन्धक बनाउँछ कि उसलाई ‘म’ को हो थाहा छैन कि अरुलाई ‘म’ बनाउनु छ! लहै–लहै र लहडमा भिडभित्र पसेर बादलमा काग रुमलिएको झैँ मान्छे किन आफ्नो अस्तित्व बिर्सन्छ? आफुलाई, अरू मान्दिन्छ ‘म’ भनेको ‘ऊ’ नै हो भन्छ? अनि ‘म’ कसरी छुट्टै अस्तित्वको मान्छे भए! ‘म’ ऊ बन्दा पक्कै छटपटि र पीडा हुन्छ नै मन त सबैको एउटै हुन्छ मन भनेकै सत्य हो मबाट ऊ बन्नु त आवरण न हो तसर्थ म मन (Heart) नै हुनु छ सत्य र सिर्जनालाई भिडबाट टाढा राख्नु छ!