Noetic Gnosis· चेतनादृष्टि
All poems

मुस्काएको गोधुलि साँझमा

September 20, 2026

मुस्काएको गोधुलि साँझमा तिमि अनि म बरालिएका भावनाका सिरेटाहरुलाई बोक्दै, पछारदै बुनिएको त्यो रात सम्झनामा सयौ जुनि काटोस । तिमि आयौं,छितिज रसायो नझुलिकिएको सुर्यले ताप वर्सायो मधुर साँझमा सुन्यता बनायो न थियो त लिनु वा दिनु सम्झनाका कोपिला गुथेको साँझमा l म त आए तर तिमिले देखेनौ आँखाले त हेर्दै थियौ दुष्टि थिएन मात्र देख्नु त सुन्यता हो तर त्याहाँ अनगिन्ति,समय थियो कतै लिनु थियो कतै दिनु ।