Noetic Gnosis· चेतनादृष्टि
All poems

रोएर पनि आँसु नआउँदा

October 4, 2026

रोएर आँसु झार्न पर्दा, दुःखी भए भन्छन् मान्छे। रोएर पनि आँसु नआउँदा, दुःखको अर्कै महासागरमा हुन्छ मान्छे। सुखमा हाँस्न नपाउँदा, अभागी ठान्छ मान्छे। हाँस्न पाउँदा पनि नसक्दा, बेहोसी नै बन्छ मान्छे। मानव जीवन भएर मान्छे, जिउन नपाउँदा टोहोरिन्छ मान्छे। सर्वपरि भएर पनि, feel गर्न नसक्दा मान्छे, मान्छे हो कि हैन, अनि आफैँलाई प्रश्न गर्छ मान्छे!