Noetic Gnosis· चेतनादृष्टि
All thoughts

जन्मभुमिको राजनितिका विषयमा मेरा केहि शब्द

“

मेरो देश ' नेपाल ' भौगोलिक रुपमा पुथ्वीको अर्को पाटो मा बसेर , बिना स्वार्थ न केहि लिनु छ , सके दिने ब्रम्ह बाट हेर्दा केटाकेटीहरुको खेल मैदान र नेपाली जनता खेल सामाग्रि जस्तो भान हुन्छ । प्रणाली , संविधान लाई विकास र समृर्दिको अवरोध मानेर 2006 साल देखिको एउटै खेल २०८२ सम्म आँउदा पनि उस्तै छ । 
देश विकास र गरि खान सक्ने , त्यहि देशमा सपना कुदन सक्ने बनाउनमा एउटा उदार प्रजातान्त्रिक व्यवस्था र पूर्ण आन्तरिक लोकतन्त्र भएका राजनितिक दल सबै भन्दा आधारमुत विषय हुन । जसले त्यहि प्रणालीमा बसेर नयाँ पात्र राजनितिक दल मार्फत नयाँ जोश र योजना साहित आउन सक्ने वातावरण बनाउछ । 

लोकतन्त्र र प्रजातन्त्र को नाममा एउटा व्यक्ति पटक पटक त्यहि पदमा वसेर आउने परिणाम राजतन्त्रले दिने परिणाम भन्दा फरक हुन सक्दैन । जुन व्यक्ति , प्रणाली वा राजनितिक दल , त्यसमा पनि पारिभित्रका अमुख पात्रले आफ्नै जनतालाई श्रम गर्ने नामना , रोजगारको नाममा , पढन पठाउने नाममा , अर्को देशमा सदाको लागि वसाई सरेर जाने नामना अर्को देश सँग सम्झौता गरेर आफ्नै जनता देश वाहिर पठाउछ , त्यहि जनता ले तिनै व्यक्ति पार्टि र प्रणालीको वकालत गर्नु , त्यसमा पनि वौदिक भनिने जमातले , त्यो नस्लवादी , दास मानसिक्ता र चेतनाको परिणाम हो । व्यक्ति प्रजातान्त्रिक हुन उसको मन प्रजातात्रिक हुन पर्छ, विचार , सोच , आदर्श , जिवन , व्याहार प्रजातान्त्रिक हुन पर्छ । कुरा तर्क र गफले प्रजातन्त्र विकसित हुदैन । 
संवैधानिक देशमा Head of the county ले देशमा भएका साना - साना घटना देखि सबै खालका विषयको नैतिक र संवैधानिक जिम्मा र दायित्व लिएको हुनुपर्दछ । यो सामान्य तरिकाले वुझने विषय हो , प्रधानमन्त्रि , राष्ट्रपति वा कोहि पनि ती घटना र उपलब्धिमा उसको स - शरिर उपस्थिति हुदैन तर राज्यका सम्पुर्ण अंगको Head भएको हुनाले उसले ती सबै अंगका राम्रा र नराम्रा कामको जस र अवजस दुवै उसको हुन्छ । कानुनले प्रमाणित नगरे पनि नैतिक जिन्वेवारी उसले लिनु पर्छ । तर नेपालमा ए्कै दिन शन्तिपूर्ण ( हतिपारविहिन ) आन्दोलनमा 76 जना नवयुवाहरू को हत्या भयो त्यसमा कसैले नैतिक जिम्वेवारी लिएन । त्यस बेलाका प्रधानमन्त्रि ओली अहिले सानका साथ निर्वाचनमा अरुलाई खिसि टियुरी गर्दै होमिएका छन । यो असफल राष्ट्रको एउटा राम्रो उदाहारण हो । अनि फेरी उसैलाई मत दिन जो - जो जनता अघि पछि लागेका छन , ती सबै देश द्रोहि जनता हुन । तिनिहरु बाट देश संवैधानिक वाटोमा ल्याउने कल्पना पनि गर्ने सकिदैन । एउटा संवैधानिक देशमा यो सम्भव हुने विषय हैन । 

जसले विगत ३० बर्ष देखि शासन चलाएको छ त्यहि बखत करिव पाँच मिलिएन मानिस त्यहि सरकारको स्विकृतमा देश वाहिर छन । परिवार विखण्डित छ । बा - आमाहरु एक्लै भएका छन । नाता टुटेको छ । समाज टुटेको छ । वाऊले छोराछोरी चिन्दैन । आत्मियता सकिएको छ । यी सब गर्ने गराउने यिनै व्यक्ति , पार्टि र यिनैहरुको सरकारको हो । अब तिनै विखण्डित परिवारले पुन तिनैलाई भोट दिएर सरकार निर्माण गर्ने स्विकृति दिन्छन भने ती जनताले उन्नत देश उपेक्षा नगरेको प्रष्ट हुन्छ । ती आफु द्रोहि , देशद्रोही , सन्तति द्रोहि जनता हुन । तिनिहरुले विकास , र सुशासन Deserved गर्दैनन । 
विदेशिएका करिव 99%. नेपाली विदेशमा खुसि हैनन । वाध्यता , रोजगार र राम्रो शिक्षा वा भनौ राजनितिक अस्थिरता ले देश छोडेका समस्त नेपालीले बुझ्नु पर्छ , त्यो बेला सरकार चलाउने , देशमा १२ वर्ष जनयुद्रको नामा गाँउ रित्तो पार्ने , ३० वर्षको राजनितिमा देश युवा बिहिन गर्ने पार्टि र नेतुत्व को थियो भनेर । यी सामान्य विषय पनि राजनितिक दास भएर त्यहि नेतुत्व लाई भोट र सरकार निर्माण गर्ने भोट दिनु भनेको अहिलेको नेपाल हामिलाई ठिकै छ भनेकै हो । उनिहरुलाई देश विकास भएन भनेर गुनासो र आक्रोस पोख्ने नैतिक अधिकार हुदैन किनकि तिनिहरुले चाहेकै त्यहि हो । चुनाब जनताको हो , यो पटक विकल्प प्रशस्त आएका छन । देश र विदेशका नेपालीले सामान्य विषय बर्षौ देखिको राजनितिक दास मानसिम्ता ले स्वतन्त्र सोच्न सन्दैन भने त्यसको परिणाम प्रति असन्तुष्टि पोख्ने अधिकार उसलाई हुर्दैन ।
”