Noetic Gnosis· चेतनादृष्टि
All thoughts

तिमि किन विदेशियौ ?

“
विदेश तिरका विशेषता अमेरिका तिरका कार्यकर्ता हरु अचेल खुब प्रश्न गर्छन त्यो पनि नयाँ युवा वर्ग जो नेपालमै बसेर नेपालको अवस्था परिवर्तन गर्नु पर्छ भनेर लागेका छन । वर्षे देखि भ्रष्टचार , परिवार वाद , गफ , भाषण र हाकिम तन्त्रको राजनितिक शन्तिपूर्ण तवरले भोटको माध्यम वाट परिवर्तन गरि युवा हरुलाई बस्न योग्य देश बनाउन सकिन्छ भनेर नेपालमै बसेर प्रयास गरिरहेको लाई , एउटा भगौडा पार्टिको कार्यकर्ता ले बारम्बर विदेशमा बसेर प्रश्न गर्ने लाज लाग्नु पर्ने हो । 
ति राजनितिक दास हरुलाई तिनिहरुका नेतालाई प्रश्न गर्ने चेत कहाँ गएको रहेछ ? र अहिले पनि त्यो प्रश्न तिनका गफवादी नेतालाई सोध्ने चेत किन नआएको ? हुनतः दासहरु त्यो गर्ने सक्ने भए चेतनशिल प्राणि बन्थे । अब यो जुनिमा त्यो सम्भव भएन । नेपालको राजनितिक इतिहासमा सबैभन्दा वढि भ्रष्टचारको मुद्दामा आख्तियारले त्यो पनि कमजोर र अस्थिर अख्तियार ले भ्रष्टचारी प्रमाणित गरेका नेता नेपाली कंग्रेसका रहेछन । किन प्रश्न गरेनन ? सबैभन्दा वढि शासन नेपाली कंग्रेस ले गर्यो तर ऊ कार्यकर्ता याहाँ अमेरिका आएर Immigrant भएर मन खुम्चियाएर बसेको छ । म नेपालमै बस्न सक्ने किन बनाउन सकेन भनेर प्रश्न किन गरेन ? जिउदो मान्छे लाई इट्टाभट्टामा त्यहि नेपाली कंग्रेस को नेताले जलायो , प्रश्न किन गरेन ? पटक - पटक राजनिति भनेको भागवन्डा गरेर खाने हो भन्ने संस्कार विकास गर्यो , प्रश्न किन गरेन ? राज्य सत्ता दोहन गर्ने पटक पटक एमाले सँग मिलेर दोहन गर्यो , किन प्रश्न गरेन । नेपालीलाई भुटानी बनाएर आफ्ना नागरिक वेचेर त्यहि कंग्रेसका नेताले पैसा कमाए , प्रश्न किन गरेन ? सबै भन्दा ठुलो त , ऊ त्यहि कंग्रेसले शासन गरेको देशमा बस्न नसकेर , विदेशि भुमिमा छ । उसले उसैलाई किन प्रश्न गरेन ? 
उसैको पार्टिले उसैलाई वेचेको छ प्रश्न गरेन ? पार्टिमा आन्तरिक लोकतन्त्र नेता र उसको बुडिको मुडमा गएर विलय भयो प्रश्न गरेन ? देशका क्रसर उद्योग , सडक निर्माण र विकासे काम उसैका कार्यकर्ता वा स्थानिय नेतालाई दियो , ९० % काम कमसल र भ्रष्ट्रचार भएका छन प्रश्न गरेन । उसैको ग्रुहमन्त्री हुँदा शन्तिपूर्ण युवाहरुको आन्दोलनमा छाति र टाउकोमा गोलि हानेर 76 कलिला युवा लाई मार्र्यो प्रश्न गरेन ? हुनतः राजनितिक दासहरु त्यो गर्ने सक्षम हुदैनन । 
अर्को वर्ग , जुन लेलिन , माओ , कार्ल मार्क्स र जनवादी केन्द्रियताको सिदान्त पढेर , भारतिय विस्तारवाद , अमेरिकी साम्राज्यवाद भन्न सिकेर ऊ त्यहि साम्राज्यवादी को मुलुकमा पेट पालि रहेछ र याहाँ बाट अलि - अलि वाँकि भएका उसैका कार्यकर्ताको मारलाई वास्ता नगरि देशमा रहेका युवाहरुले मत पेटिका बाट देशको समस्या म समधान गर्छु भन्दा , याहाँ वसेर प्रश्न गर्छ । त्यो प्रश्न महाकालि वेच्दा किन गरेन ? अरुण तेस्रो बेच्दा किन गरेन ? वालुवाटार वेच्दा किन गरेन ? २०४६ मा भुमिगत भएको एउटा केटि २०८२ सम्म आँउदा काठमाण्डौमा २ - ४ वटा घर , छोराछोरी फेरी अमेरिका , अष्ट्रेलिया , गाडि सुख सयल हुँदा किन प्रश्न गरेन ? पटक पटक पहिलो पार्टि बनाएर सरकार सञ्चालन गर्दा लाखौ युवा विदेशिदाँ किन प्रश्न गरेन ? आफ्नै पार्टि बहुमतको भएको बेला पार्टि फुटाएर संसद विघटन गरेर देशलाई राजनितिक अस्थिर बनायो , प्रश्न गरेन ? अंसैवैधानिक तरिकले संसद विधटन गरेर राष्ट्रपतिलाई आफ्नु अनुकुल प्रयोग गरियो , प्रश्न गरेन ? राज्यको कार्यकारी प्रमुख भएको हिसावले 76 युवा त्यहि पार्टि सरकारको प्रमुख भएको हिसावले संविधान वमोजिम बनेको छानविन आयोगमा बयान दिन जानै नपर्ने , त्यो वाध्य बनाए देश ठप्प पार्ने वा भनौ ऊ संविधान भन्दा माथि श्री ३ हुँदा , प्रश्न नगर्ने ? २०५२ साल देखि १० वर्ष हिस्रक युद्ध गरेको एउटा केटोले २०८२ मा आउँदा गाडि , काठमाण्डौमा वंगला , विदेश छोराछोरी , किन प्रश्न गरेन ? ठुलो विषय तः ऊ आफै जनयुद्ध लडेर आज पेट पाल्न विदेशमा छ , उसले उसैलाई किन प्रश्न गरेन ? 
प्रश्न मौसमि हावा जसरी सोधिने कलाले सत्य नजिक पुग्दैन । जो विविध व्यवधान विच , चरम दलिय र राजनिति करण भएको समाजमा त्यहि वसेर , आफ्नै देश निर्माण गर्ने , संसदिय चुनावमा भाग लिएर , जनताको मत लिएर चुनाव जितेर देश निर्माणको अभियानमा जोडिन जुन युवा खोजिरहेको छ , त्यो मुलतः विदेशमा रहेका नेपालीले सम्मान र इज्जत दिनु पर्छ । अपमानित , दोषारोपण र आक्रमण गर्न प्रयासले देश यहाँ वसेर कम्तिमा सम्झन र बेला बेला जान पाइएको छ , त्यो पनि गुम्न सक्छ । सम्पुर्ण युवा जो नेपालमै राजनीतिक भविष्य , व्यवासायिक भविष्य , रोजगार , उद्योग , कुर्षि, पर्यटन जे मा सपना देख्न सकेको छ , उसलाई हृदय देखि सादुवाद 

प्रश्न उसले उसैलाई ' म किन विदेशमा छू ' ? भनेर प्रश्न गर्दैन , उसले अरु जो कोहि युवालाई प्रश्न गर्ने हैसियत बाट च्युत भै सकेको हुनेछ ।
”