Noetic Gnosis· चेतनादृष्टि
All thoughts

राजनितिक विश्वासमा दिमागले कसरी काम गर्छ

“
मलाई चाख लाग्ने विषय मध्ये मानविय दिमागले कसरी coding गर्छ र त्यो built coding ले कसरी काम गर्छ अनि मानिसले कसरी त्यसलाई प्रयोग गर्छ भन्ने विषय हो । मान्छेको दिमाग रहस्यमय स्नायु हो । यसमा पनि विश्वास , डर , सुरक्षा , आफु लगाएतका विषय दिमाग विकासको एउटा निश्चित समयमा हुने गर्छ । 
सबै विषय छोडेर छोटकरीमा हेरौ राजनितिक विश्वास कसरि विकास हुन्छ दिमागको काम को हिसावले जुन धार्मिक , सामार्जक , पारिवारिक , सामाजिक विश्वास सँगै एउटै समयमा दिमाग मा विकसित गराइन्छ । core models of Reality बाह्र वर्ष भन्दा अगाडि नै परिवार , साथिभाई , समाज बाट ग्रहण गरेर deep neural network मा गएर not Fact but Reality को रूपमा critical thinking विकास हुनु भन्दा अगाडि नै Amygdala र Hippocampus मा ( जहाँ emotional Tags जस्तै Fear , love , belonging र Shame ) विषय सञ्चित हुन्छन हो त्यहि गाएर Reality डर को स्वरूपमा रुपन्तरित भएर बस्छ । 
मान्छे हरु राजनितिक विचार र उसको विश्वास लाई अकाट्य स्वरूपमा तर्क , विवाद र झगडाकै स्वरूपमा किन गर्छन भने , त्यो विचार उसको डर बस्ने स्थानमा Reality but not Fact को स्वरूपमा permanent way मा बसेको हुन्छ । हो जस्तै त्यहि स्वरूपमा वच्चाले आमा - बुबा लाई पनि त्यहि दिमागको एउटा भागमा set गरेका हुन्छन । They don't care the Fact but takes it as a Fact of Reality . जब त्यो Reality को स्वरूपमा बसेको विश्वास लाई परिर्वतन गर्ने खोज्छन , त्याहाँ डर , stress उत्पन्न हुन्छ र दिमागले उसको सुरक्षामा खतरा आएको संकेत गर्छ । तसर्थ बरु मान्छे लड्न तयार हुन्छ , कति समय आफै मर्ने तयार हुन्छ तर त्यो विश्वास उसको जिवनको सुरक्षा चुनौतिको स्वरूपमा दिमागले लिने भएको ले त्यो भन्दा भिन्न विचार , राजनितिक धारण , पार्टि परिवर्तन गर्ने सन्दैन । 
यसलाई नेपाली समाज मा लगेर दिमागको कार्य स्वरूप र हाम्रो समाज , त्याहाँ विकास भएका मान्छे , वाल बच्चा हरु जहाँ समाज , परिवार , विद्यालय , शिक्षक , परिवेश राजनितिकरण भएको छ , त्याहाँ बच्चा ले 12 वर्ष अगाडि नै त्याहाँ उसले बुबा , आमा , साथि , शिक्षक वा कसैबाट सुनेर , भनेर वा देखेर कंग्रेस वा एमाले को राजनितिक आस्था उसको critical thinking विकास हुन अगावै Reality को रुपमा Hippocampus मा लगेर डर बस्ने स्थानमा विकास गर्छ । 

पछि उसको critical thinking विकास भएपछि उसले त्यसलाई परिवर्तन गर्ने खोच्छ तर दिमागले उसको जिवनकौ सुरक्षा चुनौतिका स्वरूपमा लिने भएकाले गर्दा उसले विकास गरेको राजनितिक पार्टिगत विश्वास त्यो पार्टिले जतिनै नराम्रो गरे पनि , आफु विदेश जानै परे पनि , नेताले भ्रष्टचार गरे पनि , मान्छे मारे पनि उसले त्यहि विशसको डिपेन्ड गरिरहन्छ । यसले ठ्याक्कै गणेश मानले भने जस्तै त्यो डरको Reality ले मान्छे लाई पार्टिको भेडो बनाइदिन्छ । नेपालको राजनितिले विभिन्न आन्दोलन , राजनितिक परिवर्तन गरे पनि राजनितिक स्थिरता र दिगो राजनितिक दिशा नलिएको ती कार्यकर्ता मा १२ वर्ष अगाडि नै विकास गरिएको राजनितिक belief का करणले हो । 
तसर्थ जो मान्छे सानै बाट , जन्मजात , बुबा वा आमा वा पारिवारिक विरासत बाट पार्टिगत आस्था लिएर अहिले विश्वको जुनै कुनामा वसे पनि ऊ critical बन्दैन र त्यो व्यक्ति को विचार तर्क , वौदिक्ता पुर्णतः भेडा स्वरूपकै हुन्छ । त्यो उसको दोष हैन उसले अन्जानमै विकास गरेको दिमाग High Plasticity mode मा भएको बेला विकास गरेको अवधारण को हो । 

विचरा तिनिहरु अन्जान मुर्ख हुन !
”
राजनितिक विश्वासमा दिमागले कसरी काम गर्छ | Noetic Gnosis